Phone: 9819707656, 9819707656
प्रदेश न. 2
रुपनी गाउँपालिका | वडा नं. ६ तेरहौता
×
गृह पृष्ठ विद्यार्थी विवरण पात्रो
सम्पर्क
शुभकामना मन्तव्य
प्रधानाध्या: कन्त लाल चौधरी

प्रिय अभिभावक, अभिभावक र विद्यार्थीहरू,

       सामान्यरुपमा भन्दा विद्यालय भनेको विद्या वा शिक्षा आर्जन गर्ने थलो हो । बालवालिकामा भएको अन्तर्निहीत प्रतिभाको प्रष्फुटन हुनु नै शिक्षा हो । विद्यालय भनेको शिक्षकको मात्र नभएर सम्पुर्ण जनसरोकारको विषय हो । स्थानीय जनसमुदायको अपार सहयोगले विद्यालय संचालनमा सहजता प्राप्त भएकोमा स्थानीय जनसमुदाय लगायत सरोकारित निकायप्रति कृतज्ञता व्यक्त गर्द छु । विद्यालय संचालन तथा व्यवस्थापनमा विभिन्न चुनौतीहरु छन् । तर स्थानीय तह र स्थानीय जनताको संयुक्त सहयोगमा  विद्यालय संचालन र व्यवस्थापन सुदृढ हुँदै  गएको छ । यस विद्यालयमा विद्यार्थीहरुले गुनस्तरीय शिक्षा पाउँन भन्ने मेरो धेय छ । विद्यालयका जती पनि विद्यमान समस्याहरु रहेका छन् , उक्त समस्याको कारणको खोजीनिती गर्दै विद्यालयको भविष्यलाई उज्जवल बनाउने प्रतिबद्घता जाहेर गर्दछु र अगामी दिनहरुमा यो विद्यालयको उत्तरोत्तर प्रगती हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

वडा अध्यक्ष :गोविन्द सिंह थापा

प्रिय अभिभावक, अभिभावक र विद्यार्थीहरू,

       रुपनी गाउँपालिका वडा नं. ६ मा अवस्थित यो विद्यालय मेरो आफ्नै आँगनको विद्यालय हो । विद्यालयप्रति मैले निर्वाह गर्नुपर्ने भुमिका म तदारुक्ताका साथ वहन गर्दै आइरहेको छु र अगामी दिनहरुमा पनि गर्ने छु । शिक्षा जीवनको मार्ग भएको हुनाले यसबाट कुनै पनि बालवालिका बञ्चित हुनुहुदैन । गुणस्तरीय शिक्षा पाउनु सबै मानिसको मौलिक तथा नैसर्गिक अधिकार हो । यस श्री युवा वर्ष आधारभुत विद्यालयको भविष्य उज्जवल होस् । आफ्नो सेवाक्षेत्रका सम्पुर्ण बालवालिकाहरुको जिवनमा शिक्षाको प्रकाश छर्न सकुन् भन्ने शुभकामना प्रकट गर्न चाहन्छु । साथै विद्यालयको उन्नती तथा प्रगतीको निम्ती म सदैब तत्पर रहने प्रतिबद्घता व्यक्त गर्दछु ।