Phone: 9819707656, 9819707656
प्रदेश न. 2
रुपनी गाउँपालिका | वडा नं. ६ तेरहौता
×
गृह पृष्ठ विद्यार्थी विवरण पात्रो
सम्पर्क
समचार
अनलाइन कक्षा सम्बन्धी सूचना

सिक्ष्य सदन द्वरा मिति २०७७।०१।१२ गते प्रकाशित सूचना बमोजिम यस क्याम्पसले मिति २०७७।०१।२२ गतेदेखि यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरू Zoom App प्रयोग गरी कक्षा सञ्चालन भई आएकोमा उक्त कक्षाहरूलाई भरपर्दो, सुरक्षित तथा सहज बनाउने उद्देश्यले कार्यालयबाट Microsoft Team प्रयोग गरी कक्षा सञ्चालन गर्न निर्देशन भई आए बमोजिम यस स्कुलमा प्राध्यापनरत शिक्षक तथा विद्यार्थीहरूलाई Microsoft Team ID वितरण गरी तालिम दिनुपर्ने भएकोले सो को व्यवस्था गर्न मिति २०७७।०२।२५ गतेदेखि २०७७।०३।१५ गतेसम्मका लागि यस क्याम्पसमा संचालित सम्पूर्ण कार्यक्रमहरू तथा २०७७ साल जेठको चौंथो हप्तादेखि सञ्चालन हुने भनिएको एम.वि.एस. तेश्रो सेमेष्टरको समेत पठन–पाठन स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

साथै उक्त समयमा विद्यार्थीहरूको लागि Motivation Class, Guest Lecture, Home Assignment इत्यादि गर्न गराउन सम्बन्धित सहायक क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उप–निर्देशकज्यूहरूलाई अनुरोध गर्दछु । पुनश्च : त्रि.वि. केन्द्रिय कार्यालयबाट विद्यार्थीहरूको Microsoft Team ID प्राप्त हुन ढिला भई तालिमका लागि समय अपुग भएमा माथि उल्लेखित कक्षा सञ्चालन मिति परिवर्तन हुन सक्ने छ ।

क्याम्पस प्रमुख

March 10, 2020