Phone: 9819707656, 9819707656
प्रदेश न. 2
रुपनी गाउँपालिका | वडा नं. ६ तेरहौता
×
गृह पृष्ठ विद्यार्थी विवरण पात्रो
सम्पर्क
हाम्रो बारेमा
हाम्रो बारेमा

      यो विद्यालय सप्तरी जिल्लाको गा।पा। रुपनी वडा नं ६ जगमोहन गाँउमा अवस्थित रहेको छ । यो विद्यालयको नाम श्री युवा वर्ष आधारभुत विद्यालय  जगमोहन हो । यस विद्यालयको स्थापना वि।स। २०४२ सालमा भएको हो । यो विद्यालय बाल कक्षा देखि कक्षा ८ सम्म संचालित छ । 

ऐतिहासिक पृष्ठभुमि

       विद्यालय स्थापना भन्दा पुर्व यहाँका वासिन्दाहरुको बालवालिकाहरुको चाप निकै नै बढी भएको अवस्थामा सम्पन्न परिवारले आफ्नो बालवालिकाहरुलाई अन्तैको विद्यालयमा शिक्षा दिइन्थ्यो । नजिकमा विद्यालय  नभएका कारण यहाँका धेरै जसो बालवालिकाहरु शिक्षाको मुलधारबाट बञ्चित अवस्थामा थिए । केही समयको अन्तराल पछि यहाँका भरभलादमी युवा र सामाजसेवीहरुमा जागरुक भई यहाँका वडा नं. ५ , ६ र ७ का युवा र प्रतिष्ठित  व्यक्तीहरु क््रमशः श्री राम पुकार सिंह,श्री रेशम लाल चौधरी,श्री उमाकान्त चौधरी,श्री बद्री नारायण चौधरी,श्री रामानन्द चौधरी,श्री सैनी दास चौधरी,श्री बालक कान्त चौधरी,श्री रामेश्वर चौधरी, श्री ध्रुव नारायण चौध्री,श्री शुभनारायण चौधरी लगायत अन्य भरभलादमीको अगुवाईमा सामुहिक प्रयासबाट सम्पुर्ण गाँउलेहरुलाई भेला गराई आ ̵ आफ्नो बालवालिकाहरुको उज्वल भविष्यको परिकल्पना गरी सबैको सकृय सहयोगमा ४ कोठे फुसको २ वटा घर बनाई भवनको स्थायीत्व कायम गरी वि.स. २०४२ कात्र्तिक महिनामा साविक तेरहौता गाँ.वि.स.वडा नं. ६ जगमोहन गाँउमा विद्यालय स्थापना गरियो । जि.सि.का. सप्तरीबबाट अनुमती प्राप्त गरी निजीस्रोतबाट  ४ जना शिक्षकहरु क््रमशः श्री दिपक कुमार चौधरी,श्री रामानन्द चौधरी,श्री अभय कुमार सिंह र श्री ताराकान्त चौधरीलाई नियुक्ती गरी विद्यालयको पठनपाठन संचालन गरिएको थियो । केहि वर्षको अन्तराल पछि  वि.स. २०४५/११/११ गते जि.सि.का. सप्तरीबाट १ जना शिक्षकको दरबन्दी स्वीकृत प्राप्त गरी साल सालै कक्षा अपग्रेडिङ हँदै कक्षा ८  सम्म संचालनमा आयो । विद्यालय स्थापनाकाल देखि नै यहाँका जनता र अभिभावकहरुको सक्रिय सहभागी र सहभागीबाट भवन निर्माण र मर्मत तथा निजी श्रोत शिक्षका तलव भत्ता ( जन सहयोगबाट ) भुक्तानी गरिदै आएको कुरा यथाथ हो । जि.सि का. बाट भवन तथा शौचालय निमार्णको लागि प्राप्त  अनुदानबाट तीन वटा ब्लक निमार्ण भएको हो । फर्निचरका काठ जगमोहन वन समुदाय र जन सहयोगबाट प्राप्त भयो । वि. स. २०७२ सालमा छात्रा शौचालय र वौण्ड्रीवाल लागि जि.सि.का.बाट प्राप्त अनुदानबाट निमार्ण कार्य सम्पन्न गरियो ।

विद्यालय सामुदाय पृष्ठभुसमि    

       विद्यालय सेवा क्षेत्र साविकको वडा नं. ५,६ र ७  को घरधुरी अन्दाजी २५० छन् जसमध्ये ४० दलित ,१८० जनजाती र १० घरधुरी अन्य जातजाती रहेका छन् । यहाँका मातृभाषा मुख्य गरी थारु र नेपाली रहेका छन् । दशैँ , तिहार , तिज , जनै पुर्णिमा , माघे सन्क्राती  सिरुवा, चौठचन्द ,जितीया ,फागु पुर्णिमा ,छठ पर्व ,पुसी पुर्णिमा, आदी यहाँका मुख्य चाडका रुपमा रहेका छन् ।

विद्यालय र समुदायविचको सम्बन्ध 

       युवाहरुको सक्रियतामा स्थापना भएको यस विद्यालय र समुदायविचको सम्बन्ध राम्रो रहेको छ । विद्यालय स्थापना तथा निर्माण कार्य लगायत विद्यालय व्यवस्थापन र संचालनमा समुदायको अहम भुमिका रहेको छ । तर समयसापेक्ष जुन सम्बन्ध विद्यालय र समुदायविच हुनु पर्ने हो त्यो सम्बन्ध देखिएको छैन । विगतमा समुदाय विद्यालयप्रति सक्रिय रहेतापनि  हाल सक्रियतामा निकै ह्रास आएको देखिन्छ । विद्यालय र समुदायविचको खस्कदो सम्बन्धलाई व्यस्थापन र सक्रिय पार्न स्थानिय जनसमुदाय , सरोकारित व्यक्ति तथा सम्बन्धीत निकायले खास कदम चाल्नु पर्ने नितान्त आवश्यक रहेको छ ।

विद्यालय सेवा क्षेत्रको परिभाषा

       यो विद्यालयको सेवा क्षेत्र तेरहौता गाँ.वि.स. वडा नं. ५ ,६ र ७ जगमोहन हाल रुपनी गाँउपालिका ̵ ६ जगमोहन पर्द छ । यस विद्यालयको सेवा क्षेत्रभित्र थारु , मुसहर ,ठाकुर ,राजपुत , पासमान , तामाङ ,क्षेत्री ,ढकाल , देव, यादव ,विश्वकर्मा ,मगर  ,कोइरी आदी जातजातीहरुका बसोवास रहेका छन् । बहुसंख्यक जातजातीको पेशा कृषि र मजदुरी  रहेको छ भने वैदेशिक रोजगार अन्य पेशाको रुपमा रहेको छ । सबै जातजातीहरुको धर्म ,संस्कृतीमा समान र आदर व्यवहार गर्ने गरेका छन् । 

विद्यालयको सेवा क्षेत्रको पहिचान

       सप्तरी जिल्लाको सदरमुकाम राजविराज देखि १० कि.मि. उत्तर रुपनी देखि २ कि.मि. पुर्व दुधैला खोला देखि पुर्व विरेन्द्रवजार देखि पश्चिम चुरे देखि दक्षिण तेरहौता मा.वि.देखि उत्तर महेन्द्र राजमार्गको उत्तरी भाग ५० मिटरको दुरीमा यो विद्यालय अवस्थित  रहेको छ ।

समाजको विद्यालय प्रतिको धारणा

       विद्यालयप्रति समाजको धारणा सकारात्मक रहेको छ । समाजको सकारात्मक धारणाकै कारण आज यो विद्यालय विभिन्न कठिनाईलाई छिछोल्दै आधारभुत तह सम्म संचालन गर्न सफल भएको छ । यहाँका स्थानीय जनसमुदायले विद्यालयलाई तिव्ररुपमा विकास गर्न चाहेतानि  विभिन्न कमिकमजोरीका कारण विकास हुन सकेको छैन । तर समाजको विद्यालयप्रतिको सकारात्मक धारणाका कारण विस्तारै भएपनि विद्यालयले विकासको पाईला अघि बढाउँदै छ ।

विद्यालयको भौतिक अवस्था

       यस विद्यालयमा संचालित कक्षाको आधारमा भौतिक सुविधाहरु साह्रै न्युन रहेको छ । कक्षा कोठाको अभावमा एउटै कोठालाई पार्टेशन गरी पठनपाठन गराउनु पर्ने अवस्था छ । विद्यालयको भौतिक अवस्थाका पुर्ण जानकारी तलको चार्टमा प्रस्तुत गरिएको छ : 
No description available.


प्रशासन सदस्यहरू

हाम्रा उत्कृष्ट शिक्षकहरू

हाम्रो प्रतिभाशाली विद्यार्थीहरू